धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त उपाध्यक्ष भट्ट नेकपाको तर्फबाट नियुक्त भएका हुन् भने सदस्यद्वय जोशी र चन्द नेकपा एमालेको तर्फबाट सिफारिस भएका थिए।
प्रदेश सरकारका नीति, योजना तथा विकाससम्बन्धी कामलाई थप प्रभावकारी बनाउन आयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

