डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय, पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जुदेवी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद भारतबाट हाई स्कुल परीक्षा पास गरेको भनी मार्कसिट, सर्टिफिकेट र प्रोभिजनल प्रमाणपत्रसहितका नक्कली प्रमाणपत्र पेस गरेर भगवती प्राथमिक विद्यालय (तत्कालीन आधारभूत विद्यालय)मा नियुक्ति लिएको अख्तियारको दाबी छ।

