धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।
मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान गरेका छन्। उनका पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्।
नेकपाका तर्फबाट साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, साविक नागरिक उन्मुक्ति पार्टीका ७ र साविक नेकपा एकीकृत समाजवादीका निलम्बित सांसदबाहेक ३ जनाले विश्वासको मत दिएका हुन्।
विपक्षमा भने काङ्ग्रेसका १७ र राप्रपाको १ मत गएको थियो ।
विपक्षमा १५ मत पाए । काङ्ग्रेसका १४ र राप्रपा को १ मत विपक्ष परेको थियो ।काङ्ग्रेसकै पदम शाही, मान बहादुर रावल मधु भारती उपस्थित भएनन् ।
५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा डडेल्धुराबाट निर्वाचित तारा जोशीले राजिनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका थिए ।
कैलालीबाट निर्वाचित प्रकाश देउवाको पद रिक्त भएको छ । कैलालीबाट निर्वाचित अर्का सांसद दीर्घ सोडारी निलम्बित छन् ।

