काठमाडौँ: नेपाल प्रिमियर लिग ९एनपीएल० फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र सुविसु लिमिटेडबीच आगामी सिजनका लागि सहकार्य भएको छ । सुविसु रोयल्सको आधिकारिक इन्टरनेट पार्टनरका रूपमा जोडिएको हो । सहकार्यसम्बन्धी सम्झौतामा सुविसुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउद र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुविसुले टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेटसम्बन्धी आवश्यकतामा साझेदारी गर्नेछ ।
एनपीएलको आगामी सिजनका लागि सुदूरपश्चिम रोयल्सले टोली निर्माणलाई तीव्रता दिइरहेको छ । यसअघि रोयल्सले इङ्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।

