धनगढीः कैलाली र कञ्चनपुरबाट २ लाख ५४ हजारको अवैध सामान बरामद गरिएको छ।
कैलालीको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ५० हजार ५० रुपैँया बराबरको सामान बरामद गरिएको हो। भन्सार छलीको चिनी, पटका, साडी, सुटपिस, व्लाउज, विभिन्न किसिमका फलफुलका वोट विरुवा लगायतका सामान बिहिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका११ डोकेबजार गुम्बा नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ४ चार हजार बराबरको चस्माको ग्लास बिहिबार राति प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

