धनगढीः कञ्चनपुरकी ब्लड क्यासर पीडित गंगा विष्टको निधन भएको छ। डेढ वर्षअघिदेखि क्यान्सरले थला पारेपछि गंगाले कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न पाएकी थिएनन्। ब्लड क्यान्सरसँग संघर्ष गरिरहेकी उनको ३१ वर्षको उमेरमा आइतबार नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ।
बेल्डाँडी गाउँपालिका–१ रतनपुर बस्ने उनको क्यान्सरलाई जितेर बाच्ने चाहाना थियो। तर आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्युु भएको हो। उनको ५ वर्षीया छोरी र ७ वर्षीय छोरा छन्। विष्टको परिवारले उपचारका लागि आर्थिक सहयोगका लागि अपिल गरेको थियो तर उनको आजै मृत्युु भएको हो।

