धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय तनुज चौधरी मृत्युु प्रकरणमा एकजना पक्राउ परेका छन् । चौधरीको हत्या आरोपमा फरार रहेका गौरिगङ्गा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायतलाई पक्राउ गरिएको हो।
उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोड क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक (सइ) सुशील चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका कठायतलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक खगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

