धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत प्रदेश सदस्य पदका लागि कल्पना बुढाथोकीले उम्मेदवारी घोषणा गरेकी छन्।
‘राष्ट्रियताः, प्रजातन्त्र र उदारवाद’को मूल नारासहित अघि बढिरहेको रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बुढाथोकीले प्रदेश सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेकी हुन्। उनले सक्षम, स्वतन्त्र, पारदर्शी र जनमुखी नेतृत्वमार्फत पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उम्मेदवारी घोषणा गर्दै बुढाथोकीले पार्टीको संगठन विस्तार, सदस्यहरूको सक्रिय सहभागिता तथा सुदूरपश्चिमको समग्र विकासका लागि आफू प्रतिबद्ध रहने बताइन्। उनले अधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी सहयोग गर्न आग्रह गरेकी छन्।
रास्वपाले देशभर संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाइरहेका बेला सुदूरपश्चिम प्रदेश अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ। पार्टीले आगामी महाधिवेशन र संगठन विस्तारलाई केन्द्रमा राख्दै प्रदेशस्तरमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको जनाएको छ।


