धनगढी: मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने जनाएको छ। प्रदेशको तराईमा आंशिक बादल लाग्ने बताइएको छ। प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कैलाली र कञ्चनपुरमा तातो हावा चल्ने सम्भावना रहेको छ।


