धनगढी: कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ। मेयर आफैंले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ कि सुदूरपश्चिम प्रदेश नं. ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको छ।
प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।


