बैतडी । बैतडीमा मन्त्री सवार गाडी र बस एकआपसमा ठोक्किएका छन् । मेलौली नगरपालिका–२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र बस एकआपसमा ठोक्किएका हुन् ।
बिहीबार साँझ सवा पाँच बजे महेन्द्रनगरबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुपप्र०२–००१ ख १५३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मन्त्री भट्ट सवार सुपप्र०१–००१ झ ४५२ नम्बरको गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
दुर्घटनामा मन्त्री सवार गाडीको अगाडिको बम्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।


