डडेल्धुराः डडेल्धुरामा बैशाख ३० र ३१ गते जिल्ला स्तरीय १६औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने डडेल्धुरा जिल्ला खेलकुद समितिले जनाएको छ। सरोकारवाला तथा सञ्चारकर्मीहरूसँगको छलफलपछि समितिले उक्त समयमा प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो।
समितिका अध्यक्ष जगत बहादुर ऐरले जिल्लाका सात वटै स्थानीय तहलाई पालिका स्तरीय प्रतियोगिता सम्पन्न गरि छनोट भएर आएका खेलाडीहरूको विवरण बैशाख २२ गते कार्यालय समय भित्र समितिको कार्यालयमा बुझाउन सूचना प्रकाशन गरेको जानकारी दिए। साथै उनले प्रतियोगितालाई निष्पक्ष तथा अनुशासित ढङ्गबाट सम्पन्न गर्न सरोकारवाला सबैमा आग्रह गरेका छन्। प्रतियोगिता अमरगढी–४ स्थित खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरिने छ।


