काठमाडौं : सशस्त्र प्रहरी बल प्रधान कार्यालयले विभिन्न बिओपी र बेसहरुमा नयाँ इन्चार्ज पठाएको छ। जसमा खटिनेमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु छन्।
सशस्त्रका अनुसार उनीहरूलाई ६ महिने कमान्डको जिम्मेवारी दिइएको हो। ‘सुरक्षा बेस कमान्डरहरूको अदली बदली मापदण्ड, २०८१’ को ‘क’ र ‘ख’ वर्गका सुरक्षा बेसहरूमा प्रमुखको रूपमा कामकाज गर्ने गरी उनीहरूलाई कमान्डको जिम्मेवारी दिइएको हो। उनीहरू कमान्डका लागि अन्तिम पटक प्रकाशित प्राथमिकता सूचीमा रहेका थिए।


















