धनगढी — धनगढी उपमहानगरपालिका–८ सेतोपुलस्थित मोडर्न एरा स्कुलले कक्षा ८ को धनगढी उपमहानगरस्तरीय परीक्षामा उल्लेखनीय नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको परीक्षामा विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
विद्यालयका अनुसार कुल ७२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्। नतिजामा २ जना विद्यार्थीले 4.00 GPA प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्। 4.00 GPA ल्याउने विद्यार्थीहरूमा आविशा रेग्मी र योगेश भट्ट रहेका छन्।
त्यसैगरी, २ जना विद्यार्थीले 3.98 GPA तथा अन्य २ जनाले 3.97 GPA हासिल गरेका छन्, जसले समग्र नतिजालाई अझ सशक्त बनाएको विद्यालयले जनाएको छ।
विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।
विद्यालयका प्रिन्सिपल भुपेन्द्र कटुवालले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयासका कारण यस्तो उपलब्धि सम्भव भएको बताए। उनले भने, “विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगले नै यो सफलता सम्भव भएको हो। आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउनेतर्फ विद्यालय प्रतिबद्ध रहनेछ।”
उनले विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै विद्यार्थीको समग्र विकासमा निरन्तर काम गरिरहेको समेत उल्लेख गरे।


