धनगढी : धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार बिहीबार दिउँसो सोही स्थानका २१ वर्षीय अर्जुन नाथ योगीलाई ११० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ६९० मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित नियन्त्रणमा लिइएको हो।
वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारेको जनाएको छ।
प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


