धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेपछि कञ्चनपुरमा दुवै दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना शीर्ष नेताहरूको पक्राउको विरोधमा आज कञ्चनपुरको महेन्द्रनगरमा कांग्रेस र एमालेका कार्यकर्ताहरू सडकमा उत्रिएका थिए । एमालेले देशभर प्रदर्शन गरिरहेका बेला नेता रमेश लेखकको गृहजिल्ला कञ्चनपुरमा भने कांग्रेस पनि आन्दोलनमा सहभागी भएको छ ।
प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

