काठमाण्डौँ: राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र(बालेन) शाहलाई संसदीय दलको नेतामा चयन गरेको छ। पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकेले उनलाई संसदीय दलको नेता चयन गरेको हो।
पार्टी सभापति रवि लामिछानेले यससम्बन्धि प्रस्ताव बैठकमा राखेका थिए। बालेन संसदीय दलको नेतामा चयन भएसँगै प्रधानमन्त्री बन्न बाटो खुलेको छ। आजै रास्वपाले राष्ट्रपतिलाई यससम्बन्धि जानकारी गराउने तयारी गरेको छ। राष्ट्रपति कार्यालयबाट आजै बालेन प्रधानमन्त्रीमा नियुक्ति हुने सम्भावना छ ।

