धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्यहरू नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खेलकुद परिषद्मा ८ जना तथा प्रदेश युवा परिषद्मा ३ जना सदस्य मनोनीत गरिएको हो ।
प्रदेश खेलकुद परिषद्मा कुन जिल्लाबाट को को परे ?
१ गौरी हमाल – डडेल्धुरा
२ चेतमान विक्रम शाह – अछाम
३ श्याम सिंह सिनाल – दार्चुला
४ प्रमोद मल्ल – कैलाली
५ रुपेन्द्र बहादुर धामी – डोटी
६ निता कुमारी खत्री – अछाम
७ नवीन बहादुर सिंह – बझाङ
८ दिपजंग शाही – कैलाली
प्रदेश युवा परिषद्का सदस्यहरू
१ नरेन्द्र प्रसाद जैसी – कैलाली
२ तुल बहादुर साउँद – अछाम
३ संगीता केसी कुँवर – अछाम
यसअघि प्रदेश सरकारले प्रदेश युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद तथा प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का ९रवि० लाई नियुक्त गरिसकेको छ ।


