धनगढी । आइसिसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आइतबार साबिक विजेता भारत र न्युजिल्यान्ड भिड्दै छन् । भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने खेल फाइनल आइतबार साँझ सवा ७ बजे सुरु हुनेछ ।
भारतले दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो । न्युजिल्यान्डले भने पहिलो सेमिफाइनलमा साविक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।


