धनगढीः कैलालीको गोदावरी र चुरे गाउँपालिकाको सीमाना भीमदत्त राजमार्गमा टिपर र मोटरसाइकल ठिक्किदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। सोमवार खानीडाँडा पिकनिक पार्क नजिक भएको दुर्घटनामा मोटराइकल सवार धनगढी(४ बोराडाँडी घर भएका ५५ वर्षीय शिव बमको ज्यान गएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनामा मोटरसाइकल सवार यम बम घाइते भएको प्रहरीले जनाएको छ।
धनगढीबाट चुरेतर्फ गइरहेको मधेश प्रदेश ००३-००१क ३११७ नाम्बर टिपर तथा बाग्मती प्रदेश ०२- ०३५प ३८०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा सोमवार बिहान पौने एघार बजे दुर्घटना भएको प्रहरीले जनाकारी दिएको छ। घटना लगत्तै घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा ५५ वर्षीय बमको मृत्यु भएको तथा यम बमको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। डडेल्धुराको अमरगढी-१ घर भएका टिपर चलाक हिक्मत दियाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


