धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । शुक्रबार राति लम्कीचुहा नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गको गप्का सडकखण्डमा ट्रकको ठक्करबाट १५ वर्षिय किशोर शिरिष भण्डारीको मृत्यु भएको हो ।
सुपप्र ०१–००१ ख २८५० नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।
मृतकका आफन्तले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरिएको हो । डीएसपी तिमिल्सेनाका अनुसार पीडितपक्ष र ट्रक व्यवसायीबीच अहिले छलफल भइरहेको छ ।


