धनगढी: कैलालीको गोदावरी नगरपालिका–५ गेटा निवासी सम्पर्कविहीन भएका एक किशोर सकुशल अवस्थामा भेटिएका छन्। आज बिहान घरबाट सम्पर्कविहीन भएका १५ वर्षीय बिकास जोशी श्रीपुर क्षेत्रबाट फेला परेका हुन्।
साथीहरू तथा परिवारजनले खोजी गर्ने क्रममा जोशीलाई श्रीपुरबाट सकुशल फेला पारेको जनाइएको छ। हाल उनी परिवारको सम्पर्कमा आइसकेका छन्।
किशोर घरबाट किन र कसरी निस्किएका थिए भन्ने विषयमा भने हालसम्म खुल्न सकेको छैन।


