धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटा निवासी एक किशोर सम्पर्कविहीन भएका छन्। गेटास्थित आफ्नै घरबाट आज बिहानदेखि उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ।
धनगढीस्थित ऐश्वर्या विद्या निकेतनमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय विकास जोशी हिजो साँझसम्म घरमै रहेका थिए। तर आज बिहान घरमा नदेखिएपछि खोजी सुरु गरिएको परिवारले बताएको छ। उनी आफ्नो लुगा–कपडा समेत लिएर घरबाट निस्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सम्पर्कविहीन किशोर कतै देखिएमा वा कुनै जानकारी भएमा निम्न नम्बरहरूमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।
📞 ९८६७७५२१६८
📞 ९७६७३६५२६१


