धनगढी: कैलाली क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको छ । आज एमाले क्षेत्र नम्बर ४ ले एक कार्यक्रमको आयोजना गरी एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले उद्घाटन गरेका हुन् । क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गर्दै भट्टले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै कैलाली क्षेत्र नम्बर ४ मा कांग्रेस संग एमालेको प्रतिष्पर्धा हुने बताए । उनले अन्य प्रतिस्पर्धी पनि कमजोर नठानेको बताए । यस्तै उनले अफ्नो जित केबल यो निर्बाचन क्षेत्रको लागि मात्रै नभएर सिँगो सुदूरपश्चिमको लागि हुने जिकिर गरे । उनले सुदूरपश्चिममा प्रदेशमा एमाले १२ ओटा सिट जित्ने दाबी गरे ।
कार्यक्रममा सामानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य हरि शंकर योगी, भर्खरै निर्वाचित राष्ट्रिय सभा सदस्य लिला भण्डारी, सुदूरपश्चिम प्रदेश सासंद धर्मराज पाठक लगायतको उपस्थिति रहेको थियो । अत्तरिया स्थित धनगढीरोडमा गरिएको सचिवालय स्थापनासँगै एमालेले क्षेत्रस्तरमा संगठन सुदृढ गर्दै चुनावी गतिविधि थप सक्रिय बनाउने जनाएको छ । मतदाता समन्वय र प्रचार९प्रसारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । कैलाली क्षेत्र नम्बर ४ मा एमालेले लेखराज भट्टलाई उम्मेदवार बनाएको छ ।
यस्तै एमालेका केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मुल निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । जसको उपसचिवमा भागिरथी बिष्ट र सचिवमा गणेश जिमि साउँद रहेका छन् ।


