धनगढी: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्द कायम गरिएकाे स्थानहद फुकुवा भएकाे छ । गृह मन्त्रालयकाे स्राेतले दिएकाे जानकारीअनुसार उनीमाथि उपत्यका छोड्नुअघि सरकारकाे अनुमति लिनुपर्ने र विदेश जानुपूर्व अनुमति लिनुपर्ने व्यवस्था खारेज भएकाे हाे ।
ओलीविरुद्द जेन-जी आन्दाेलनपश्चात सरकारले बनाएकाे जाँचबुझ आयाेगकाे सिफारिस बमाेजिम सरकारले स्थानहद कायम गरेकाे थियाे । उनी जेन-जी आन्दाेलनका बेला प्रधानमन्त्री थिए ।
हिजाे मात्रै ओली निवास गुण्डु पुगेर आयाेगका पदाधिकारीले बयान लिएका थिए । यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि आयाेगले बयान लिएकाे थियाे । उनीमाथिकाे स्थानहद पनि खुल्ला गरिसकेकाे छ ।

