धनगढीः शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिप्रतिको सम्मानलाई शैक्षिक अभ्यासमा आत्मसात् गर्दै आएको चैतन्य पाठशालाले चैतन्य दोस्रो विद्यार्थी महोत्सव २०८२ु आयोजना गर्ने भएको छ। आइतवार आयोजित पत्रकार भेटघाटमार्फत महोत्सवबारे जानकारी दिँदै पाठशालाले उक्त कार्यक्रम २०८२ पौष २२ गतेदेखि पौष २९ गतेसम्म सञ्चालन हुने जनाएको छ। महोत्सव ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवप्रवर्तनको प्रवाहु भन्ने मूल भावका साथ आयोजना हुन लागेको विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताए।
उनले भने, पाठशालाका अनुसार महोत्सवको मुख्य उद्देश्य विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वासको विकास गर्नु हो। शैक्षिक, सांस्कृतिक, साहित्यिक तथा रचनात्मक गतिविधिहरू समेटिएको यस महोत्सवले विद्यार्थीहरूलाई कक्षाकोठाभित्र सीमित नभई व्यावहारिक, जीवनोपयोगी र मूल्यपरक सिकाइको अनुभव प्रदान गर्ने पाठशालाका सिइओ गणेशप्रसाद जोशीले बताए।
महोत्सवमा अभिभावक, शिक्षक, विद्यालय परिवार, शुभेच्छुक महानुभाव तथा समुदायको सक्रिय सहभागिता रहने सिइओ जोशीले बताए। महोत्सवमा आयोजना गर्नुको उद्येश्य विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नु रहेको छ। हामीले विद्यार्थीहरूमा बौद्धिक, सिर्जनात्मक, सांस्कृतिक तथा व्यावहारिक सीपको विकास होस् भनेर महोत्सव गर्न थालेका हौँ, उनले भने, विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सुदृढीकरण गर्न र संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यवहारसँग जोड्दै जीवनोपयोगी शिक्षा प्रवर्द्धन गर्न मोत्सवले सहयोग गर्नेछ।
विद्यार्थी महोत्सवका माध्यमबाट भाषा, साहित्य, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने, सहकार्य, सहिष्णुता र स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास तथा आधुनिक ज्ञान र परम्परागत मूल्यबीच सन्तुलन कायम गर्न अभिप्रेरित गरिने बताइएको छ। यस्तै विद्यार्थीमा उद्यमशीलता, नवप्रवर्तन र समस्या समाधान क्षमताको विकास गर्न तथा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबीच शैक्षिक सहकार्य सुदृढीकरण गर्न विद्यार्थी महोत्सवले सहयोग गर्ने सिइओ जोशीले बताए।
विद्यार्थीहरूमा आत्मविश्वास, आत्मअनुशासन र नेतृत्व क्षमताको विकास गर्न महोत्सवले सहयोग गर्ने जोशीको दाबी छ। उनले सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने अवसर सिर्जना गरेर विद्यार्थीहरूमा सिर्जनशील सोच, अनुसन्धान प्रवृत्ति र नवप्रवर्तनशील क्षमताको विकास गराउनु महोत्सवको लक्ष्य रहेको बताए।
ु

