धनगढीः भारतको तिकुनियामा ५० ग्राम स्मैकसहित कैलालीका दुई युवक पक्राउ परेका छन्। भारतको उत्तर प्रदेश राज्यस्थित लखिमपुर खीरी जिल्लाको तिकुनिया प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले शुक्रवार गरेको एक विशेष अपरेसनका क्रममा ५० ग्राम अवैध मादक पदार्थ ‘स्मैक’ सहित कैलालीका दुई युवकलाई पक्राउ गरिएको हो। लखिमपुर खीरीका प्रहरी उपरीक्षक संकल्प शर्माको निर्देशनमा जिल्लाभर चलाइएको ‘अपराध एवं अपराधी विरुद्धको अभियान’ अन्तर्गत दुबै जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जोशीपुर गाउँपालिकाका २४ वर्षीय जनार्दन थारू र २२ वर्षीय राहुल कठरिया रहेका छन। उनीहरू विरुद्ध नारकोटिक्स ड्रग्स एण्ड साइकोटपिक सबस्टेन्स एक्टको धारा ८÷२१ अन्तर्गत मुद्दा दर्ता (मु.अ.सं. ०२÷२०२६) गरिएको प्रहरीले जनाएको छ। दुबै जनालाई आवश्यक कारबाहीका लागि स्थानीय अदालतमा पेश गर्ने तयारी गरिरहेको छ।

