कैलाली । सुदूर पश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो । यसअघि ११ गते बस्ने भनिएको बैठक संसद भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो ।
जेनजि आन्दोलनका क्रममा भदै २४ गते आगजनि र तोडफोडबाट संसद भवन पुर्ण रुपमा क्षति भएको थियो । त्यसपछि पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको हो । भदै ५ पछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

