कञ्चनपुरः वन मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०५१ पुस ५ गतेको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र ५ हजार १४४ रुपैँया जरिवाना तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका४ गुलरिया बस्ने ७२ वर्षीय कर्ण देव धिक्तलाई प्रहरीले पक्राउ गरेको हो। धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गत महिनाको २५ गते उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।


