धनगढीः कैलालीमा गाँजा र खैरो हेरोईनसहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–३ चिसापानी स्थित १ नम्बर पुलबाट नयाँबस्ती जाने सडक किनारमा सोही ठाउँ बस्ने ५५ वर्षीय रति कठायतलाई गाँजासहित पपक्राउ गरेको छ।
कठायतले सञ्चालन गरेको खोका पसलमा चेकजाँच गर्दा उक्त खोका भित्र र्याकमा स्टिलको र प्लाष्टिकको डिब्बा भित्र लुकाई राखेको अवस्थामा १ किलोग्राम १६० ग्राम गाँजा फेला पारि उक्त गाँजासहित उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। यसैगरी लम्कीचुहा नगरपालिका–३ चिसापानी स्थित लियाक्सन होटल अगाडी सडकमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा गोदावरी नगरपालिका–३ चौकीडांडा बस्ने २३ वर्षीय सागर विकलाई खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ।
विकलाई चेकजाँच गर्दा उनको साथबाट ४० मिलिग्राम खैरो हेरोइन फेला पारी सोधपुछ गर्दा सोही स्थान नजिकै रहेको दिपा कुमारी बिष्टले संचालन गरेको लियाक्सन होटलबाट उक्त लागु औषध ९खैरो हेरोईन० खरिद गरी ल्याएको हुँ भन्ने सूचना पश्चात उक्त होटलमा समेत खानतलासि गर्दा होटलको बरण्डाको बल्क ९इटा० मुनी लुकाई छिपाई राखेको अवस्थामा १०० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थपनि इलाका प्रहरी कार्यालय चिसापनीले नियन्त्रणमा लिएको छ। होटल संचालिका दिपा कुमारी बिष्ट फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

