धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८२ र ०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई चालू आर्थिक वर्ष २०८२र०८३ का लागि स्वास्थ्य बीमा गरेका यस सुदूरपश्चिम प्रदेशभित्र स्थायी बसोबास गर्ने द्वन्द्वपीडित, बेपत्ता, सहिद परिवार, जेनजी आन्दोलनका सहिद परिवार र जेनजी आन्दोलनका घाइतेहरूलाई स्वास्थ्य बीमा बापतको रकम शोधभर्ना भुक्तानी गर्नेछ । इच्छुक तथा योग्य परिवारहरूलाई दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।


