धनगढी । महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधि छनोट कार्यक्रम “शी लिड आइकन”को लम्कीचुहा नगरपालिका कैलालीकी नगरप्रमुख सुशीला शाही प्रथम विजेता बन्नुभएको छ ।
कल्प इम्पावर वेमेन नेपालको आयोजनामा भएको “शी लिड्स आइकन” दोस्रो संस्करणमा विभिन्न छनोट चरण पार गर्दै शाही प्रथम विजेता बन्नुभएको हो । नगरप्रमुख शाहीले आफू विजयी हुनुमा शुभचिन्तक, मित्रहरूको महत्त्वपूर्ण हात रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो सफलता केवल मेरो मात्र नभई, हाम्रा सामूहिक प्रयास, एकता र सकारात्मक सहयोगको प्रतिफल हो ।”
शुभचिन्तकबाट प्राप्त मत, शुभेच्छा, उत्साहले सफलतासम्म पुग्न प्रेरणा मिलेको नगरप्रमुख शाहीले बताइन् । “शी लिड्स आइकन” कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजनाअन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिमध्येबाट ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान रहेको वेमेन नेपालका अध्यक्ष पूजा कोइरालाले बताइन् ।
आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएको थियो, त्यसमध्ये प्रकिया पूरा भएका १११ आवेदन थिए, प्राप्त १११ आवेदनमध्ये कोशी प्रदेशबाट २० ९प्रमुखरअध्यक्ष २, उपप्रमुखरउपाध्यक्ष १८०, मधेश प्रदेशबाट १२ ९प्रमुख र अध्यक्ष ३, उपप्रमुख र उपाध्यक्ष ९०, बागमती प्रदेशबाट १७ ९प्रमुख र अध्यक्ष २, उपप्रमुखरउपाध्यक्ष १५०, गण्डकी प्रदेशबाट १६ ९प्रमुखरअध्यक्ष १, उपप्रमुखरउपाध्यक्ष १५०, लुम्बिनी प्रदेशबाट १६ ९उपप्रमुख र उपाध्यक्ष १६०, कर्णाली प्रदेशबाट १२ प्रमुख र अध्यक्ष १, उपप्रमुखरउपाध्यक्ष ११० र सुदूरपश्चिम प्रदेशबाट १६ ९प्रमुखरअध्यक्ष १, उपप्रमुखरउपाध्यक्ष १५० आवेदन छन्, यसमध्ये प्रमुखरअध्यक्षको कुल सङ्ख्या १० र उपप्रमुखरउपाध्यक्षको कुल सङ्ख्या १०१ थियो ।
१११ जना महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चडड़ा र लैङ्गिकता र समानता विशेषज्ञ सरु जोशीसहितको निर्णायक मण्डलले छनोट गरेका थिए ।
जसमा कोशी प्रदेशबाट चार, मधेश प्रदेशबाट पाँच, बागमती प्रदेशबाट पाँच, गण्डकी प्रदेशबाट चार ,लुम्बिनी प्रदेशबाट चार, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिमबाट पाँच जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट गरिएको थियो । उक्त छनोट भएकामा ७ जना प्रमुख र २४ जना उपप्रमुख थिए ।
३१ जना मध्येबाट ७ जनालाई आइकन घोषणा गरिएको हो । आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट भएको थियो । जसमा सबैभन्दा बढी मत प्राप्त गरी नगरप्रमुख शाही विजयी हुनुभएको जनाइएको छ ।


