धनगढी — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनबाट भिम बिष्ट अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धतासहित नयाँ कार्यसमिति चयन गरेको हो। सर्वसम्मत रूपमा चयन भएका पदाधिकारी तथा सदस्यहरू यस प्रकार रहेका छन्—
नवनिर्वाचित पदाधिकारीहरू:
अध्यक्ष: भिम बिष्ट
वरिष्ठ उपाध्यक्ष: प्रेम विवश चन्द
प्रथम उपाध्यक्ष: सुरज शाह
द्वितीय उपाध्यक्ष: लिलाधर भट्ट
महिला उपाध्यक्षस्: सरस्वती दाहाल
सचिव: लोकप्रसाद खनाल (लोकेश)
महिला सचिवस्: सरिता कठायत
कोषाध्यक्ष: नवीन साउद
सहसचिव: प्रभुराज पाण्डे
सहकोषाध्यक्ष: दुर्गादेवी सापकोटा
सहसचिव (मनोनित): बल बोगटी
सदस्यहरू:
महिला सदस्यहरू:
शान्ति फुलारा
निर्मला पौडेल जोशी भण्डारी
कृष्णा सिराडी
खुला सदस्यहरू:
रमेश सिंह भण्डारी
सुरेश चन्द
अनिता बिष्ट
गोपालबहादुर बुढा
भीमबहादुर बिष्ट
गौरी ओझा
गणेश सुनार
डबल ताडी
सुरेन्द्र ताम्राकार
अधिवेशनमा सहभागी कलाकार, सर्जक तथा प्रतिनिधिहरूले नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सुदूरपश्चिममा लोक संस्कृतिको जगेर्ना, नयाँ प्रतिभाको खोजी, मौलिक गीत–संगीतको प्रवर्द्धन तथा स्रष्टाहरूको हक–हितका लागि नयाँ कार्यसमितिले प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ। नवनिर्वाचित अध्यक्ष भिम बिष्टले लोक तथा दोहोरी क्षेत्रलाई अझ सशक्त बनाउने, प्रदेशभर कलाकारहरूलाई एकताबद्ध गर्ने र राष्ट्रिय स्तरमा सुदूरपश्चिमेली लोक संस्कृतिको पहिचान मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


