धनगढीः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० का लागि ट्यालेन्ट हन्टबाट छ जना खेलाडी छनोट गरेको छ । धनगढीमा दुई दिनसम्म आयोजना भएको ट्यालेन्ट हन्टबाट उनीहरुलाई आफ्नो टिमका लागि सुदूरपश्चिम रोयल्सले छनोट गरेको हो । टयालेन्ट हन्टबाट हिक्मत महरा रोयल्सको आइकोनिक खेलाडीको रुपमा छनोट भएका छन्।
उनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने छन्। आइकोनिकबाहेक पाँच जना खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ। डेभलपमेन्ट टोलीमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैसी र अभिषेक कोेइराला छनोट भएका छन्। जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा गरेर खेलाडी छनोट गरेको थियो । बिट दी स्पिडमा हिक्मतले १३१ किलोमिटरको गतिमा बलिङ्ग गरेर आइकोनिक खेलाडी बनेको जनाइएको छ । यस्तै, १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै अभिषेक कोइराला दोस्रो भएका छन्।
सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, इशान पाण्डेय, टेक रावत, दीपेन्द्र थापा रहेका छन्। यसैगरी, विदेशी खेलाडीमा स्कट कुग्गेलिन, जोस ब्राउन, कृष लिन र हर्मित सिंह सुदूरपश्चिम रोयल्समा छन् ।


