काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा मिसिने भएका छन्। रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीबीच बुधवार एकता हुने तय भएको छ।
राउललाई भित्र्याउन प्रचण्ड माधवले बुधवार राष्ट्रिय सभागृहमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरेका छन्। रावललाई नेकपामा छैटौँ वरियता दिने सहमति भएको छ। रावलले प्रचण्ड र माधव नेपालसहित आफूनिकट नेताहरूसँग छलफल गरेर एकता प्रक्रियामा जान तयार भएका छन्।
कार्यक्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्ने नेता प्रकाश ज्वालाले बताए।


