धनगढी । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले यूएईलाई २३४ रनको चुनौती दिएको छ । कप्तान रोहितकुमार पौडेलले शतकको मद्दतमा नेपालले २३३ रन बनाएको हो । अन्तिम बलमा सबै १० विकेट गुमाएको नेपालले ५० ओभरको समाप्तिमा नेपालले २३३ रन बनाएको हो । दुवई एकेडेमी टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान पौडेलले पाँच चौका र दुई छक्काको मद्दतमा १०९ रन बनाउनुभयो ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले ३५, आशिफ शेख २७, दीपेन्द्रसिंह ऐरीले २३, करण केसीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
नेपाललाई सस्तैमा रोक्न यूएईका लागि जाहिद अलीले चार र जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा मोहम्मद रोहिद र हैदर अलीले एकएक विकेट हात पर्नुभयो । यूएईले जवाफी ब्याटिङ गदैछ ।


