धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी सिडिओ कृष्णप्रसाद लम्सालको सरुवा भएको छ। गृहमन्त्रालयले देशभरका ३० सिडिओको सरुवा गर्ने क्रममा कैलालीका सिडिओ लम्साल पनि सरुवामा परेका हुन ।
कैलालीमा कृष्णप्रसाद लम्सालको ठाउँमा नयाँ सिडिओ हिरालाल रेग्मी पठाइएका छन् । सुदूरपश्चिममा कैलाली सहित अछाम र डडेल्धुराका सिडिओ सरुवा गरिएका छन । अछामका सिडिओ आनन्द सारुलाई सरुवा गर्दै बिष्णुप्रसाद कोइराला पठाइएको छ ।
यस्तै डडेल्धुराका सिडिओ जनार्दन गौतमको स्थानमा भने कसैलाई नपठाई सरुवा गरिएको छ।

