धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
आयोगको ३५औँ वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले आयोगको कार्यप्रति प्रशंसा व्यक्त गर्दै देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका थिए ।
‘विभिन्न भ्रष्टाचार तथा अनियमिततामा आयोगले गरेको छानबिन र त्यसको आधारमा अदालतहरूबाट भएका फैसलाहरूले सुशासन स्थापनामा योगदान पुर्याएको छ ’ प्रदेश प्रमुख मियाँले भने, ‘अख्तियारलाई अझ सक्षम र स्रोत–साधनले सम्पन्न बनाएर यसको कामलाई तीव्रता दिन आवश्यक छ ।’
आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख वेदप्रसाद भण्डारीले अख्तियारको कामबारे जानकारी गराउँदै प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका थिए ।
आयोगको केन्द्रीय कार्यालय र मातहतका आठवटा कार्यालयमा गत आर्थिक वर्षमा २८ हजार ५५४ उजुरी दर्ता भएको र अघिल्ला आर्थिक वर्षहरूबाट सरेका ८ हजार ४७२ उजुरी समेत गरी कुल ३७ हजार २६ उजुरी रहेको जानकारी गराएका थिए ।
सबैभन्दा धेरै उजुरी बागमती प्रदेशमा परेको र सबैभन्दा कम उजुरी गण्डकी प्रदेशमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। गण्डकीपछि सुदूरपश्चिम प्रदेशमा कम उजुरी परेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा दर्ता भएका उजुरीमध्ये स्थानीय तहसम्बन्धी १ हजार ६२२, प्रदेश सरकारसम्बन्धी ५५८ र सङ्घीय कार्यालयसम्बन्धी ४३६ उजुरी रहेका छन्। सङ्घीय उजुरीका दृष्टिले कर्णालीपछि सुदूरपश्चिम दोस्रो स्थानमा कम उजुरी पर्ने प्रदेश रहेको छ।
प्रदेश सरकारसम्बन्धी उजुरीमध्ये सबैभन्दा बढी वन तथा वातावरण क्षेत्रका रहेका प्रतिवेदनमा उल्लेख छ।
यो आर्थिक वर्षमा आयोगको कञ्चनपुर कार्यालयमा १ हजार १९८ नयाँ उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्षबाट आएका ४९८ उजुरीसमेत रहेका छन्। तीमध्ये १ हजार २३३ अर्थात् ७२।६७ प्रतिशत उजुरीको अनुसन्धान सम्पन्न भइसकेको छ।
कैलाली, कञ्चनपुर र डडेल्धुरा बाहेकका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि अनुसन्धानसम्बन्धी अधिकार प्रदान गरिएको उनले जानकारी दिएका थिए ।
प्रदेश प्रमुख मियाँले प्रतिवेदनमाथि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफल हुने र समस्या समाधानका लागि पहल गरिने बताएका थिए
प्रतिवेदन पेश गर्ने कार्यक्रममा प्रदेश प्रमुख कार्यालय र आयोगका कर्मचारीहरूको समेत उपस्थिति थियो।
मुलुकमा सुशासन कायम गर्न अख्तियारको महत्त्वपूर्ण भूमिका छ – प्रदेश प्रमुख मियाँ
मुलुकमा सुशासन कायम गर्न अख्तियारको महत्त्वपूर्ण भूमिका छ – प्रदेश प्रमुख मियाँ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

