धनगढी: डोटीमा आज बिहान इभी गाडी दुर्घटनामा परी घाइते भएकाहरुको धनगढी स्थित नवजिवन अस्पतालमा उपचार भइरहेको छ । अछामबाट धनगढीका लागि छुटेको सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते १८ जनाको नवजिवन अस्पतालमा उपचार भइरहेको अस्पतालका बरिष्ट जनसम्पर्क अधिकारी राजु चौधरीले जानकारी दिए ।
उपचार हुनेमा अछामका पारु परियार, पद्मा ढोली, प्रभास परियार, नृप परियार, चक्र परियार, भिम परियार, मोतिकला परियार, एलिसा परियार रहेका छन् । यस्तै घाइते कैलालीको धनगढी १२ का देव बहादुर थापा, अछामकै स्ृष्ठी परियार, सोही ठाउँकी पारवती ढोली, छुपिया परियार, आहाना परियार, अछामकै देवराज भाट, बिराज परियार, मेघ ढोली, इन्द्रसरा परियार र रिया परियार रहेका छन् । उनिहरुमध्ये ५ जनाको आइसियुमा राखेर उपचार भइरहेको बरिष्ट जनसम्पर्क अधिकारी राजु चौधरीले जानकारी दिए ।
गाडी दुर्घटनामा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।


