धनगढी । कैलाली काठमाण्डौं रुटमा लामो दुरीका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै असोज १८–२० गतेसम्म भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न लामो दुरीका सवारी साधनमा रोक लगाइएको जनाएको छ ।
सूचनामा लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिनेरबाहिरिने सवारी साधन आवतजावत बन्द गरिएकोले उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने सवारी साधन नचलाउन भनिएको छ ।

प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा जारी सूचनामा भनिएको छ ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँबाट मिति २०८२ असोज १८ गते शनिवार जारी भएको लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने÷बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना अवगतै छ । तत् सम्बन्धमा उक्त सूचनामा उल्लेख भए अनुसार अत्यावश्यक बाहेकका लामो दूरीका सवारी साधन नचलाई सम्भावित जोखिमलाई न्यूनीकरण गर्नरगराउन सहयोग गरिदिनु हुन सम्बन्धित सवैमा निर्देशानुसार अनुरोध गरिन्छ ।’


