धनगढी । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि भागेका ८५ जना कैदीबन्दीहरु मध्ये आइतबारसम्म ७८ जना पक्राउ परेका छन् । भदौ २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु र्लाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरिरहेको छ । १२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक सन्तोष भट्टले जानकारी दिए ।
नेपाल प्रहरीले आईतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै बिहान ९ः०० बजेसम्म ७८ जना कैदीबन्दी पक्राउ गरेको जनाएको छ । हाल कारागारमा १२० जना कैदीबन्दी पुगेका छन । फरार रहेका ७ जनाको खोज तलास गरिरहेको प्रहरी जनाएको छ ।
डडेल्धुरा कारागारबाट भागेका ७८ कैदीबन्दी पक्राउ
डडेल्धुरा कारागारबाट भागेका ७८ कैदीबन्दी पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

