धनगढी: नेकपा एमाले धनगढी उपमहानगर कमिटिले तिज बिशेष कार्यक्रम आयोजना गरेको छ । महिलाहरुको महान पर्व तिजको सुभकामना आदानप्रदान सहित पार्टीले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको अध्यक्ष अम्बिका बिष्ट मल्लले जानकारी दिइन् । नेकपा एमालेका केद्रीय सदस्य शन्तोस सर्मा थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टी सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्द, पार्टी कैलाली जिल्ला कमिटि अध्यक्ष यज्ञराज ढुगांना, उपाध्यक्ष लोकेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
करिब २ सय जना महिलाहरु सहभागी कार्यक्रममा पार्टी धनगढी उपमहानगर कमिटिले तिजको उपहार स्वरुप टिका र चुरा समेत वितरण गरेको थियो । महिलाहरुको पर्व लाई लक्षित गरेर आयोजना गरेको तिज बिशेष कार्यक्रममा सहभागी दिदिबहिनिहरुलाई टिका र चुरा तिज उपहार दिइएको अध्यक्ष मल्लले बताइन् ।



