धनगढी: कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी सफाइ गरिएको छ । तीन वर्ष अघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा नआएको विश्वविद्यालयको प्रशासनिक, एकेडेमी भवनको परिसरमा झाडी सफाइ गरिएको हो । सहिद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो । उनीहरूले विश्वविद्यालय परिसरमा उम्रिएका छाडी सफा गरेर एक ठाउँमा जम्मा गरेका थिए ।
सङ्घर्ष समितिका सचिव धर्म सिंह कुवरले आन्दोलनकै कार्यक्रम अन्तरगत साङ्केतिक रूपमा दबाब दिन विश्वविद्यालय परिसरमा झाडी सफाइ गरिएको बताए । उनले विश्वविद्यालय परिसरमा झाडी उम्रिएर कुरूप बनेको बताए ।


