धनगढीः स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वर्ण विन्दु प्राशन कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। सोमवार उनले धनगढीस्थित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा बालबालिकालाई स्वर्ण विन्दु प्राशन खुवाएर अभियानको सुरुवात गरेका हुन्।
मन्त्री पौडेलले स्वर्ण विन्दु प्राशन कार्यक्रमलाई बालबालिकाको शारीरिक र मानसिक विकाससँगै रोग प्रतिरोधात्मक क्षमतामा ठूलो योगदान पुग्ने बताए। उनका अनुसार परम्परागत आयुर्वेदिक पद्धतिबाट आएको यस अभियानले बालबालिकामा सर्दी, खोकी, एलर्जी, दम लगायतका सामान्य समस्या न्यूनीकरणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।


