धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारसँगको संवाद र छलफलबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्ने बताएका छन् ।
सोमबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री कार्यालयमा ज्ञापन–पत्र बुझाउन पुगेको संघर्ष समितिलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले संघ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा गतिशीलता ल्याउने बताए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले ऐन अनुसार विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्ति कार्य गर्नुपर्ने र विश्वविद्यालयले रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रुपान्तरणमा ठुलो योगदान पुर्याउने भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग राखि ज्ञापन–पत्र बुझाएको छ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

