कञ्चनपुरः भ्रष्टाचार मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०७७ माघ १६ गतेको फैसलाले भ्रष्टाचार (नक्कली प्रमाण पत्र) मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको कञ्चनपुरको लालझाडी गाउँपालिका–२ बस्ने ५४वर्षीय नन्दलाल तिरुवा पक्राउ परेका हुन्। तिरुवालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।


