धनगढी । कृषि ज्ञान केन्द्र धनगढीले घर घरमा स्वच्छ तरकारी सेवा दिने किसानलाई सम्मान तथा उनीहरुलार्ई आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । बुधवार केन्द्रले एक कार्यक्रमको आयोजना गर्दै घरदैलो कृषकका लागि ढुवानी सामाग्री हस्तान्तण गरेको हो ।
सम्मान कार्यक्रममा छनोट भएकी एकल महिला पृया रानाले हामी जस्ता कृषकलाई सरकारले छनोट गरेर सम्मान गरी सामाग्री उपलव्ध गराएकोमा आफु असाध्यै खुसी भएको उनले बताईन् । उनले भनिन हामीलाई हौसला दिनुभयो, हामीलाई साईकल तराजु दिनुभयो, धेरै खुसी छु कृषि ज्ञान केन्द्र धनगढीलाई धन्यवाद दिईन् ।
विउ व्यवसायी विष्नु राज बुर्लाकोटीले सुदूरपश्चिमा उत्पादन भएको तरकारीहरुमा नग्न्य विषधि प्रयोग भएको उनले बताए । सुदूरपश्चिममा हानिकारक विषाधि प्रयोग भएकै छैन् त म भन्न नसक्ने बताउदै अरु को तुलनामा यहाँ धेरै कम प्रयोग हने उनले बताए । सरकारलाई हामीले यो भन्दा पहिला पनि तपाईहरु सहयोग गर्न पर्छ भनेर आवाज उठाएको उनलेब बताए ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्रि विर बहादुर थापा प्रमुख अतिथि रहेका थिए । उनले किसानहरु जस्ले हामीलाई ताजा तरकारी खुवाउन हुन्छ उहाँहरुका लागि सम्मान कार्यक्रम आयोजन गरिएको उनले बताए । उनले भने साइकलमा घर दैलोमा घरघरमा तरकारी वितरण गर्ने महिला दिदिबहिनीहरुलाई खोजी खोजी सम्मान गरेको उनले बताए । ठुला किसानहरुले ठुला सामाग्रीहरुको माग गर्ने गरेको तर साना किसानहरुलाई कहाँ गएर सामाग्री माग्ने समेत थाहा नहुने यसका लागि कृषि ज्ञान केन्द्र छ उनले बताए । प्रदेश सरकारले साना किसानहरुलाई माथि उठाउन यस्तो कार्यक्रम गरिएको उनले भनाई छ ।
त्यस्तै कृषि ज्ञान केन्द्र धनगढीका कार्यालय प्रमुख टेक बहादुर विष्टले प्रदेश सरकारको सिद्धान्त तपाईहरु किसान हो, तपाईहरुलाईका लागि कृषि ज्ञान केन्द्र छ तपाईहरु सुखमा, पिडामा, दुखमा, तपाईहरुको वारेमा चिन्ता लिने पनि अड्डा भएकोब उनले बताए । उनले भने भुइ किसानका लागि हामीले काम गरेको बताए । उनले भने तपाईहरुलाई भन्साको चिन्ता छ विहान साईकलमा घरघरमा पुगेर घाम नभनि, हिलो नभनि, तरकारी प¥याउनु हुन्छ त्यो ठुलो कुरा हो । तपाइहरुलाई सरकारले हेर्ने दृष्टिकोण फेरिएको उनले बताए । सरकार सवै किसानको भएको हुदा यो कार्यक्रम राखिएको उनले बताए ।
कार्यक्रममा घर दैलोमा तरकारी बेच्दै आउनुभएका ३० जना महिला किसानहरुलाई सम्मान तथा साईकल, तराजु र तरकारी राख्ने भाडा उपलव्ध गराईएको छ । कृषि ज्ञान केन्द्रले सुचना निकालेर ७० जनाको निवेदन परेको त्यस मध्य ३० जना महिलालाई छनोट गरिएको बताईएको छ । ३० जना मध्य २४ जना एकल महिला, एक जना दिर्घरोगी र ५ जना विपन्न महिलाहरुलाई छनोट गरिएको हो । केन्द्रले सम्मान स्वरुप परिचय पत्र समेत प्रदान गरेको र आगामी दिनमा यो कार्यक्रमलाई निरन्तर्ता दिने कार्यालयले जनाएको छ ।


