धनगढी । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार कक्षा १२ मा ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
जसमा सबैभन्दा बढी २।८१ देखि ३।२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १।६१ देखि २।० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या जम्मा २३ जना रहेका छन् । २।०१–२।४० सम्म ल्याउने आठ हजार ९६४, २।४१–२।८० सम्म ल्याउने ६९,८१२, २।८१ देखि ३।२० सम्म ल्याउने ९४,२६८, ३।२१–३।६० सम्म ल्याउने ५५,८९६ विद्यार्थी रहेका छन् । ३।६१–४।० जीपीए ल्याउने विद्यार्थीको संख्या १३ हजार ५०२ रहेको छ ।
३८।८३ प्रतिशत विद्यार्थी भने ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत २१ वैशाखदेखि भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष गत वर्षभन्दा कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ९ग्रेडेड० भएका थिए भने ४७।०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले नतिजा जारी भएको जानकारी दिँदै विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए । उनका अनुसार आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने छ ।


