धनगढी । कैलालीको धनगढीबाट लागू औषधसहित २ जना पक्राउ परेका छन्। आइतबार धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय बिक्रम विक र अछामको साँफेबगर नगरपालिका–३ बस्ने २२ वर्षीय हेमराज कुँवर लागूऔषध सहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ८ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


