धनगढी: जुम्ला भ्रमणको स्थलगत भिडियो बनाएर सामाजिक सञ्जालबाट प्रसारण गरेपछि पूर्वनवयुवराज हृदयेन्द्र शाहमाथि माओवादी सांसद छिरिङ ल्हामु लामाले गालीगलौज गरेकी छन् । शाहले हालै जुम्ला भ्रमणको भिडियो सामग्री सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । भिडियोबारे धेरैले प्रशंसा गरे पनि माओवादीकी समानुपातिक सांसद लामाले भने कडा आक्रोश पोखेकी हुन् ।
उनले हृदयेन्द्रलाई भोटेकुकुरको छाउरोको संज्ञा दिँदै स्टन्टका लागि बनाएको एउटा भिडियोले शाहवंशीय राजाहरूले जुम्लामाथि गरेको दोहनको ऋण चुक्ता नहुने दाबी गरेकी छन् । लामाले भनेकी छन्, उसको पूरै वंश जिजुबाजेहरूले देशलाई कंगाल हुनेगरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा ऐसआरामले बिलासी जीवन बिताइरहेको भोटे कुकुरको छाउरा हुर्केझैँ गरेर हुर्काएको साँढे प्रवृत्ति जस्तैले जुम्ला चिनाउन पर्छ र ?

